दफा ४
आदेश विरुद्ध कुनै काम गर्नेलाई सजाय :
(१) कसैले दफा ३ अन्तर्गत निकालिएको आदेश विरुद्ध कुनै काम गरेमा निजलाई पाँच वर्षसम्म कैद वा पन्ध्र हजार रुपैयाँसम्म वा कसूरसित सम्बन्धित पदार्थको बिगोमा जुन बढी हुन्छ सोही अङ्कसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
तर, दफा ६ को उपदफा (२) को खण्ड (च) र (छ) बमोजिमको आदेशले तोकेको म्यादभित्र सो आदेशमा लेखिएबमोजिम समाचार, तथ्याङ्क अभिलेख (रेकर्ड) वा विवरण सहित आवश्यक पदार्थको परिमाणको लगत वा बहिखाता तयार नराख्ने, पेश नगर्ने वा आदेश भएबमोजिम खबर नगर्ने व्यक्तिलाई एक वर्षभन्दा बढी कैद वा तीन हजार रुपैयाँभन्दा बढी जरिबाना गर्न हुँदैन ।
(२) दफा ३ बमोजिमको आदेशको विरुद्ध गरेको कसूरसित सम्बन्धित पदार्थ सोही दफाअन्तर्गत निकालिएको आदेशमा जफत गरिने भनी तोकिएको भए सो पदार्थ समेत
जफत गरिनेछ ।